
एजेन्सी । थाइल्यान्डको गुफामा अठार दिनसम्म फसेका १२ युवा खेलाडीहरु सहित २५ वर्षीय कोचले केही समय अघि विश्वको ध्यान केन्द्रित गराएका थिए । त्यतिका दिनसम्म गुफाभित्र कैद रहेपनि विश्वभरबाट सहयोगीहरु खटाइँदा उनीहरुको चामत्कारिक रुपमा सकुशल उद्धार भएको थियो । तर यस घटनामा थाइल्यान्डका एक उद्धारकर्मी लेफ्टिनेन्ट कमान्डर समन कुनानले ज्यान गुमाएका थिए । उनैको सम्झना एवम् सम्मानमा ती १२ मध्ये ११ युवकहरुले मंगलबार बौद्ध धर्मको परम्परा अनुरुप नव भिक्षु बन्नलाई कपाल खौरिएका हुन् ।
तिनका परिवारले यसअघि नै उनीहरु सुरक्षित घर फर्किन सफल भएकामा धन्यवाद प्रकट गर्न यो धार्मिक अभ्यास गर्ने बताएका थिए । यसैका लागि बुधबार देखि नै उनीहरुले भिक्षुको रुप धारण गरि बौद्धिक मठमा नौ दिन बिताउने भएको बताइएको छ । उनीहरुमध्येका एक युवक भने क्रिस्टियन धर्मका भएकाले उनले चाहिँ चर्चमा गएर प्रार्थना गरेको बताइएको छ ।
यस्तो अभ्यासलाई थाइल्यान्डमा धेरै ठूलो सम्मानका रुपमा लिइन्छ । ९० प्रतिशत जनताले मान्ने बौद्ध धर्म थाइल्यान्डको प्रमुख धर्म हो । त्यसकारण त्यहाँको परम्परा अनुसार अधिकांश मानिसले उमेर पुगेपछि एकपटक मठमा भिक्षुको रुप धारण गर्ने गरेको बताइन्छ । यसले परिवारमा सधैँ शुभ आर्शिवाद प्राप्त भइरहने उनीहरुको विश्वास रहेको छ ।
सो घटनापछि उनीहरुलाई गत हप्ता मात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो जसपछि तिनीहरु घरमै आफ्ना बाबुआमासँग समय बिताइरहेका थिए । त्यसैगरी उद्धार कार्यमा महत्वपूर्ण सहायाता गरेका अष्ट्रेलियन डाइभर क्रेइग चेलेन र रिचार्ड ह्यारिसलाई पनि मंगलबार अष्ट्रेलियाको सरकारले बहादूरीका लागि ‘स्टार अफ करेज’ को अवार्डले सम्मान गरेको छ ।
२५ वर्षीय कोच एकापोल चानथावङसँग जुन २३ मा गुफा अवलोकन गर्न गएका १२ युवकहरु १० दिनसम्म बेपत्ता भएका थिए । त्यतिबेला उनीहरु गुफाका चट्टानहरुबाट चुहिएको पानीको भरमा जिवित रहेका थिए । १० दिनपछि मात्र उनीहरुको अवस्थाबारे थाहा हुँदा खाना, पानी आदि आवश्यक वस्तुहरु गुफामा पुर्याइएको थियो । तरपनि उनीहरु सबैलाई सकुशल बाहिर निकाल्न निकै लामो र कठिन प्रक्रिया अपनाइएको हुँदा सो उद्धार कार्य चमत्कारिक भएको सिएनएनले जनाएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि