July 25, 2018

फेरि अर्को मन्त्री आउट हुने ! प्रधानमन्त्रीद्वारा मन्त्री महासेठलाई चेतावनी ?

 

 
 
 

काठमाडौं, ९ साउन  । प्रधानमन्त्री केपी ओली वर्तमान मन्त्रीहरुको कार्यशैली असन्तुष्ट बन्न थालेका छन् । केही मन्त्रीको नाम निशाना नै हराउन थालेको र केही आर्थिक लाभमा लाग्न थालेपछि प्रधानमन्त्री ओली मन्त्रीहरुसंग आक्रोशित भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोत बताउछ ।

 

स्रोतका अनुसार, अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, वन मन्त्री शक्ति बस्नेत, कृषि मन्त्री चक्रपाणि खनाल, उद्योग, आपूर्ति तथा बाणिज्य मन्त्री मातृका यादव र श्रममन्त्री गोकर्ण विष्टले अपेक्षित काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । जनताको दैनिक जीवन, चुलोचौकासम्मको सम्बन्ध जोडिएका यी मन्त्रालयले अहिलेसम्म एउटा पनि प्रभावकारी काम देखाउन सकेका छैनन् ।  

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री बन्नसाथ २०७५ जेठ १५ गतेपछि कुनै पनि सडक र राजमार्गमा खाल्टाखुल्टी देखिने छैनन् भनेर भाषण ठोकेका थिए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको भाषणलाई कार्यान्वयन गर्ने नाममा सम्बन्धित डिभिजिन इन्जिनियरहरुले सडक टालटुलका नाममा कति  करोड स्वाहा पारे ? त्यो थाहा नभएतापनि २०७५ जेठ १५ गतेपछि खाल्टालुल्डी नभएका सडकहरु पनि नेपालमा छन् र भन्ने अवस्था उत्पन्न भएको छ । काठमाडौं उपत्यकामा खाल्टाखुल्टी नभएको सडक फेला सपनामा पनि पर्ने अवस्था छैन ।  
वैदेशिक रोजगारीमा जानेहरुमाथि हुने ठगी रोक्न मन्त्री विष्टले पनि खासै काम गर्न सकेका छैनन् । मलेशिया जान लागेका कामदार रोक्ने बाहेक नया“ कामको कुनै रिजल्ट देख्न सकिएको छैन । मन्त्री मातृका यादवले बजार अनुगमनलाई किन निरन्तरता दिएनन् ? आम उपभोक्ताको दैनिक जीवनसंग सरोकार  रहेको बजार अनुगमन के कति कारणले हुन र गर्न सकेनन् चर्चा प्रश्न खडा भएको छ । 
तर, प्रधानमन्त्री ओली अहिले सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग रुष्ट भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोत बताउछ । सिन्डिकेट हटाउने निर्णयले किन तिब्रता पाएन, कि मन्त्री महासेठको भूमिका नकारात्मक भएर सिण्डिकेट अलमलमा प¥यो ? यातायात व्यावसायीको पक्षमा लागेर मन्त्री महासेठले अडान राख्न थालेपछि प्रधानमन्त्री ओली र गुह मन्त्री रामबहादुर थापा आक्रोशित भएको स्रोत बताउछ । गृह मन्त्रालय सिन्डिकेट हटाउनै पर्ने लाइनमा छन ।

 

त्यसमा मन्त्री रामबहादुर थापा वादल र सचिव प्रेमबहादुर राईको लाइन मिले पनि भौतिक योजना मन्त्री महासेठले अवरोधक गरेपछि २०७५ साउनदेखि कम्पनीमा दर्ता हुनुपर्ने यातायात व्यवसायीहरु अटेर गरेर बसेका छन् । र आउ“दो २०७५ पुससम्म म्याद बढाउन मन्त्री महासेठ लागेका छन् । 
मन्त्री महासेठ र उनकी श्रीमती जुली महत्तोलाई प्रधानमन्त्री निवास मै बोलाएर असन्तुष्टि जनाएको स्रोत बताउछ । जुली महतोले निवासमै बोलाएर, इन्जिनियर, ठेकेदार र व्यवसायीयसंग वार्गेनिङ गर्ने गरेको आरोप छ । ‘‘अझै केही समय तपाईको व्यवहार हेरिन्छ अनि पनि भएन भने राम्रो हुँदैन’’ भन्दै प्रधानमन्त्री ओलीले मन्त्री महासेठलाई चेतावनी दिएको स्रोत बताउछ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले