प्रधानन्यायाधीशको छोराको विहेमा ९० लाख खर्च

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ ।

प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।

संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो ।

उहाँमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पु¥याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेका हुन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय