July 22, 2018

अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको फ्रान्सकाे आरोप

काठमाडाैं, साउन ६ । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको आरोप फ्रान्सले लगाएको छ । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनो ले माइरेले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै उनले कटू आलोचना गरेका हुन ।

फ्रान्सले व्यापार युद्ध यथार्थ भएको पनि जनाएको छ । यो यथार्थलाई सामना गर्नुको विकल्प छैन मन्त्री माइरेको भनाइ थियो ।

तर अमेरिकी वित्त मन्त्री स्टेभेन म्नुचीनले भने आरोपको प्रतिवाद गर्दै ईयू र चीनले स्वतन्त्र प्रतिष्पर्धाका लागि आफ्नो बजार खुला गर्नुपर्ने धारणा राखे ।

गएको हप्ता मात्रै पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईयू र चीनसँग ठूलो व्यापार घाटा रहेको भन्दै ठूलो परिमाणमा विभिन्न कर लाद्ने घोषणा गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि