बुधबार राति सामान्य अवस्थामा निदाएका अधिकांश भक्तपुरवासीका आँगन बिहीबार बिहान उठ्दा जलमग्न भइसकेका थिए। कतिका घरभित्र पानी पसेको थियो।

१२ घन्टाको वर्षाले भक्तपुरको जनजीवन अस्तव्यस्त बनाइदिएको छ। घरसँगै शिक्षण संस्था, व्यवसाय, सडक, उद्योगधन्दा प्रभावित भएका छन्।
उद्दारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। नेपालीका सेनाका दुई प्लाटुनले तराई क्षेत्रमा जस्तो डुंगामार्फत् फसेकाको उद्दार गरिरहेको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।
अहिलेसम्म डुबानले मानवीय क्षति भएको छैन। डुबानमा परेका २०० जना बढीको उद्दार भएको छ। प्रहरीका अनुसार बालकोट जाने बाटोमा बन्दै गरेको पुल बगेको छ भने अन्य क्षतिको विवरण आइसकेको छैन।
किन डुबानमा पर्यो भक्तपुर?
जल तथा मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थलमा रहेको मापन केन्द्रले २४ घन्टामा त्यो क्षेत्रमा ९३.६ मिलिमिटर पानी परेको देखाएको छ।
महाशाखाकी मौसमविद् मञ्जु बासीले भक्तपुरमा योभन्दा बढी पानी परेको हुनसक्ने भए पनि एक्कासी डुबान हुने किसिमले पानी परेको अवस्था नभएको बताइन्। ‘दिउँसो हल्का पानी परे पनि राति भारी वर्षा भएको हो तर क्लाउड ब्रस्ट (ठूलो मुसलधारे पानी) परेको होइन्,’ बासीले भनिन्।
महाशाखाका अनुसार पछिल्लो १० घन्टामा नगरकोटमा ११७, चागुनारायणमा ७६ र भक्तपुरमा १२९.६ मिलिमिटर पानी परेको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले हनुमन्ते र मनोहरा खोलाका आसपासका धेरै बस्ती डुबानमा परेको बताए। यी दुई भक्तपुरका मुख्य खोला हुन्।
हनुमन्ते खोलामा पानीको वहाव बढ्दा दुवाकोट, राधेराधे, लिवाली, सल्लाघारी र मध्यपुर डुबानमा परेका छन्।
जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ। मध्यपुरथिमीका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्।
सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म डुबानमा छन्। राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्।
मध्यपुरथिमीमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्।
चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेका छन्। मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन्।
यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ। घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको स्थानीय अमर थापाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार यी दुई खोला कहीँ थुनिएका भने छैनन्।
‘कहीँ थुनिएर वा पानीको निकास रोकिएर डुबान भएको होइन,’ उनले भने, ‘खोलामा पानीको बहाव धेरै भएपछि त्यो बस्तितिर पसेको हो। खोलाको सतहभन्दा कम उचाइमा भएका बस्ति पनि डुबेका छन्।’
पछिल्लो समय अतिक्रमणले यी दुई खोला साँघुरिदै गएका थिए। नदीलाई छोड्नु पर्नेजति ठाउँ छोडेर मापदण्ड अनुसारका घर नबनाउँदा अहिलेको समस्या आएको स्थानीय बुझाइ छ।
चार वर्षमा भक्तपुर डुबानमा परेको यो दोस्रो पटक हो।
१०० किलोमिटर स्क्वायरभन्दा ठूलो क्षेत्रमा फैलिएको जलाधारको लागि त्यसमा प्रवाह हुन सक्ने बहावको सही मुल्याङ्कन नगरी संरचना निर्माण भएकाले भक्तपुर डुबानमा परेको विज्ञहरूको भनाइ छ। रासस
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा