अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् ।
जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् ।
‘१५औँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, कदापि देशमा लुटतन्त्र मौलाउन दिन्नँ, बरु मेरो प्राण जाओस्, देश र जनताका लागि गरेको प्रण कुनै पनि हालतमा तोड्दिनँ,’ केसीले भने ।
उनले माग पूरा नभएसम्म जुम्लाबाट काठमाडौं नफर्किने पनि बताए । आफूलाई काठमाडौं फर्काएर अनशन तुहाउने षड्यन्त्र रचिएको पनि आरोप लगाए । आजको नयाँ पत्रिकामा समाचार छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय