डा. केसीले काठमाडौंका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन्

जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए ।

वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन् । 

अत्यधिक छाती दुखेपछि केसीलाई बिहीबार अस्पताल लगिएको थियो । उनलाई अक्सिजन र स्लाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधिसमेत खान नमानेको डा। गिरीले बताए । 

स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान भनेका छन् । केसीले भने, ‘तपाईंहरू मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो, त्यसका लागि धन्यवाद  मेरो हेरचाह र उपचार यहाँका मानिसले गर्छन् । तपाईंहरूको आवश्यकता छैन ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय