मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।
सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ ।
भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो ।
उनकै पूर्वअविभावकसमेत रहेका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिएका थिए ।
निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो ।
रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उहाँकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उनको सौता तर्फको छोरो रिज अजिज र उनका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने विषेश टोलीका अनुसन्धानकर्ताहरुले अन्य सरोकारवालाहरुसँग पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाइएको छ । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित