विश्वकपको दाबेदार मानिएको ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गरेको छ ।यो जितसँगै ब्राजिल ग्रुप इ को समुह विजेता भएको छ । सर्वियाविरुद्धको खेल ब्राजिलका लागि कठिन हुने अपेक्षा लिइएको थियो । सर्वियाको दुई खेलमा तीन अंक रहेको थियो ब्राजिलको दुई खेलमा चार अंक रहेको थियो ।

विश्वकपको अन्तिम १६ का लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता थियो । ब्राजिलका स्टार खेलाडी पोलिन्होले खेलको ३६ औ मिनेटमा डेडलक ब्रेक गरे । सर्वियाले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।
केही राम्रा अवसर पनि सिर्जना गरेको थियो तर गोल गर्न सकेन । खेलको ६८ औ मिनेटमा ब्राजिलका लागि थियागो सिल्भाले गोल गरे ।
यो जितसँगै ब्राजिलले विश्वकपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । यो जितसँगै समुह विजेता बनेको ब्राजिलको तीन खेलमा ७ अंक भएको छ । ब्राजिलले अब एफ समुहको उपविजेता मेक्सिकोसँग खेल्नेछ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि