June 27, 2018

प्रचण्ड अझै एक हप्ता सिंगापुरमै

 

असार १३, 
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एक साता सिंगापुरमा रहने भएका छन् । पत्नी सीताको उपचार लम्बिएपछि उनी तत्काल नेपाल नफर्किने भएका हुन् । पत्नी सीताको उपचारका लागि उनी गत ४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए ।

सीता दाहाललाई वाटरथेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने सल्लाह दिएपछि प्रचण्डको सिंगापुर बसाइ लम्बिएको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

सीताको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । उनी बाथ, सुगर, प्रेसर र पेटसम्बन्धी रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय