मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ ।
मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाँउमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेको जनाएको छ ।
उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपात पूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन्, स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भने । उनले घटनामा परी अरु दश जना बेपत्ता भएको पनि जानकारी दिए ।
मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् ।
फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित