कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित

कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित भएका  छन् । उनले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति सम्झौताका प्रतिबद्धताहरु पूर्ण परिमार्जन गर्ने वाचा पनि गरेका  थिए । उनि विद्रोहीहरुप्रति अनुदारवादी नेताका रुपमा परिचित छन् ।

इभान डुके नयाँ राष्ट्रपतिमा चुनिएको खबर निर्वाचन अधिकारीहरुले दिएका छन् । उनीहरुले डुकेले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।

उनले केही समयमात्र अघि कोलम्बियाली विद्रोही फार्कसँग भएको शान्ति सम्झौताको बिषयमा आलोचक थिए ।

शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमाजन गर्ने प्रतिबद्धता उनको निर्वाचनको एक एजेण्डा पनि थियो । सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएकोे शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दावी रहदै आएको छ ।

उनका प्रतिद्वन्द्वीमा यहाँका पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रो थिए । उनले फार्क विद्रोही समूहसँगको शान्ति सम्झौताको समर्थन गर्दै आएका   छन् ।

उनले करिब ४१ प्रतिशत मत ल्याएका  छन् । उनि डुकेको निकटतम प्रतिद्धन्द्धी छन् ।

राष्ट्रपतिमा इभान निर्वाचित भएपछि कोलम्बियाको फार्क विद्रोही समूहसँग भएको उक्त विवादास्पद शान्ति सम्झौताको भविश्यबारे प्रश्न उठ्नसक्ने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण