
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा फ्रान्सले जित हात पारेको छ । फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ गोलको जित निकालेको हो ।
फ्रान्सको जितमा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । त्यस्तै, अष्ट्रेलियाका लागि माइल जेडिनकले गोल गरेका थिए ।
खेलको खेलको ८१औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन् । फ्रान्सले गोल गर्ने निकै सुनौलो अवसर खेर फालेको थियो ।
यसअघि खेलको ५८औं मिनेटमा फ्रान्सले पेनाल्टीबाट नै गोल गर्दै अग्रता बनाएको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यानले पेनाल्टीबाट गोल गरेका थिए । डिबक्सभित्र ग्रिम्यानलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो
फ्रान्सले गोल गरेको ४ मिनेटपछि नै अष्ट्रेलियाले पनि पेनाल्टीबाटै गोल गर्दै बराबरी गोल गरेको थियो । खेलको ६२औं मिनेटमा फ्रान्सका डिफेन्डरले ह्यान्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा माइल जेडिनकले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए ।
पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा केही आक्रमक खेल खेलेको फ्रान्सले एकपछि अर्को आक्रमक रणनीति बनाएपनि सफल हुन भने सकेन । रसिया कजान शहरस्थित कजान एरिनामा अष्ट्रेलियाले प्रहार गरेको सर्ट फ्रान्सका गोलकिपरले बचाएका थिए ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले