मोरक्कोको बलियो डिफेन्समाथि हावी हुने दाउमा ईरान

ईरान एसियाली फुटबलमा चर्चित एवं ठूलोमा गनिन्छ । शुक्रबार समूह ‘बी’ अन्तर्गत ईरान र अफ्रिकी देश मोरक्को भिड्दैछन् । मोरक्को अहिले मनोवैज्ञानिक हारको अवस्थामा छ । सन् २०२६ को विश्वकप आयोजना गर्ने होडमा थियो । तर, अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने भएपछि मोरक्को चिन्तित छ । यसबीच टीमको समग्र प्रदर्शनमा केही प्रभाव पार्ने फुटबल पण्डितहरुले अनुमान गरेका छन् ।

ईरान विजयी शुरुआत गर्न चाहन्छ


एसियाली राष्ट्र ईरान आफ्नो निलम्बित खेलाडी सईद एजातोलाही बिना मैदानमा उत्रनेछ । त्यस्तै उसलाई मेहदी तारेमी र अशकान देजागाहको चोटको पनि चिन्ता छ । उता मोरक्को टीमले आफ्ना खेलाडी नाबिल दिरारले फिटनेस परीक्षण पास गरोस् भन्ने चाहना राखेको छ ।  ईरानले पाँचौं पटक विश्वकपको यात्रा तय गरेपनि समुह चरणबाट माथि उक्लन सकेको छैन । ईरान कठिन समुहमा छ । उसको समूहमा पोर्चुगल र स्पेनजस्ता ठूला टीमहरु  छन् । समुह चरण पार गर्न ईरानले आज मोरक्कोलाई पराजित गर्दै स्पेन र पोर्चुगलसँग संघर्ष गर्नुपर्ने हुन्छ ।

मोरक्कोलाई आफू बलियो भएको सावित गर्ने मौका


मोरक्कोले बीस वर्षपछि आफूलाई सावित गर्ने मौका पाएको छ । मोरक्कोसँग यो आशा रहनेछ कि ईरानमाथि जीत हासिल गर्दै दुई शीर्ष टोलीसँग डटेर सामना गर्ने र नतिजा आफ्नो पोल्टामा पार्ने । मोरक्कोले एक गोल पनि नखाई विश्वकपको यात्रा तय गरेको थियो । मोरक्कोको डिफेन्स निकै नै बलियो छ । मोरक्कोले १८ म्याचमा लगातार जीत हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि