अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीले रुसमा विश्वकप हेर्न पुगेका सबै दर्शकहरुलाई डिभाइस ह्याक हुन सक्नेबारे चेतावनी दिएका छन् । यसैकारण आजबाट सुरु हुने विश्वकप फुटबलमा अपराधीहरु वा रुसी सरकारले समेत उपस्थित दर्शकका डिभाइसहरु ह्याक गर्न सक्ने भएकाले मोबाइल, ल्यापटप लगायतका विद्युतीय उपकरणहरु सकेसम्म नलैजान र लैजानैपर्ने भएमा अत्यन्तै सावधानी अपनाउन सुझाव दिइएको रोयटर्सले जनाएको छ ।

एफबीआइ एजेन्ट तथा अमेरिकी सुरक्षा परिषद्का निर्देशक विलियम इभाएनाले विशेषगरी पहिचानसँग सम्बन्धित आफूलाई जरुरी नलाग्ने डाटाहरु ह्याकरले लक्षित गर्ने गरेको बताए । त्यसैले कुनैपनि डिभाइस लैजादा आफ्नो व्यक्तिगत जानकारीलाई पहुँचभन्दा बाहिर राख्न सबै डिलिट गर्ने र ल्याप्टपहरु पनि प्रयोग नगरेको अवस्थामा ब्याट्री निकालेर राख्दा उचित हुने उनको सुझाव छ । यसका साथै अस्थायी फोनको प्रयोग गर्दा पनि राम्रो हुने उनले बताए ।
अमेरिकी खुफिया एजेन्सी, एफबीआइले अझै पनि २०१६ को राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । फेसबुकमार्फत रुसी प्रशासनले लाखौँ मानिसहरुको व्यक्तिगत जानकारी अवैध तरिकाले हासिल गरी चुनाव प्रचारमा दुरुपयोग गरेको बताइन्छ । यसबारेमा ट्रम्पका समर्थकहरुलाई पनि थाहा भएको वा उनीहरुकै मद्दतमा यस्तो कार्य गरिएको एफबिआइको दाबी छ । उता ट्रम्प र रुस सरकारले भने बारम्बार यसलाई गलत ठहर गर्दै आएका छन् ।
त्यसैगरी यस विषयमा बेलायतको राष्ट्रिय सुरक्षा परिषद्ले पनि आफ्नो फुटबल टोलीलाई साइबर सुरक्षा सम्बन्धी विशेष सल्लाह दिइरहेको बताएको छ । विश्वकपका लागि प्रस्थान गर्नुअघि फुटबल एसोसिएसनलाई यस्ता घटनाका लागि तयार पारिएको बताइएको हो । उता निजी साइबर सुरक्षाका विशेषज्ञ प्याट्रिक वार्डलले पनि आधिकारिक चेतावनी दिँदै रुस जाँदा सधैँ प्रयोग गर्ने महत्वपूर्ण डिभाइस लग्नु उचित नहुने हुँदा अस्थायी बर्नर फोनको प्रयोग गर्न सुझाव दिएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि