ह्वाइटहाउस आउन किमलाई ट्रम्पको निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्।  सिंगापुरमा भएको ट्रम्प र किमको ऐतिहासिक भेटपछि ट्रम्पले किमलाई ह्वाइट हाउसको निम्तो दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

1528783458trump-_kim

यसैबीच संयुक्त राज्य अमेरिका र उत्तर  कोरियाले संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्।

ऐतिहासिक भेटपछि दुई नेताले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा भएका बुँदा विस्तृत विवरण आउन बाँकी छ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए।

राष्ट्रपति ट्रम्पले  उत्तर कोरियाको अनआणविकीकरण प्रक्रिया छिटै सुरू हुने बताए। उनले भविष्यमा धेरै आफूहरू भेट्ने पनि बताए। 

यसअघि दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएका थिए।  दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो।

वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबीच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए।

‘मलाई एकदम खुसी लागिरहेको छ। हामीबीच सौहार्दपूर्ण वार्ता र छलफल भयो। मलाई विश्वास छ हामीबिचको सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन।’

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग ऐतिहासिक एक्ला एक्लै वार्ता गरेका हुन्।

सबैभन्दा पहिले आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे।

‘हाम्रो सम्बन्ध गज्जबको हुनेछ, यसमा मलाई कुनै शंका छैन,’ किमसँग हात मिलाउँदै ट्रम्पले भने। त्यसपछि किम जोङ उनले अंग्रेजीमै भने, ‘राष्ट्रपति ज्यू, तपाईंसँग भेट्दा अत्यन्त खुसी छु।’

यति भनिसकेपछि उनीहरू एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित