अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय भविष्य रुसमा हुन लागेको विश्वकपमा देशको प्रदर्शनमा निर्भर हुने बताएका छन् । मेस्सीले स्पेनमा पत्रकारहरुसँग भने, ‘हामी कति माथि जान्छौं या हामीले विश्वकपलाई कसरी अन्त्य गर्छौं त्यसले मेरो भविष्य निर्धारण गर्छ ।’

बार्सिलोनाका यस फरवार्डले भने, ‘हामीले लगातार तीन फाइनल गुमाइसकेका छौं । जसकारण मीडियाका साथै हामीले केही मुश्किल परिस्थितिको सामना गर्नु परेको छ ।’अर्जेन्टिनाले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध अतिरिक्त समयमा खाएको गोल नै निर्णायक बन्यो । र, उपाधि गुमायो । त्यसपछि अर्जेन्टिनाले सन् २०१५ र सन् २०१६ को कोपा अमेरिकामा चिलीविरुद्ध पेनाल्टी शूटआउटमा हारको सामना गर्नुपर्यो ।
मेस्सीका अनुसार स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियम विश्वकपका प्रबल दाबेदार हुन् । अर्जेन्टिनाले विश्वकपमा शनिबार मस्कोमा आइसल्याण्डबाट शुरुआत गर्दैछ । त्यसपछि समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले क्रोएशिया र नाइजेरियाको सामना गर्नु पर्नेछ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि