राष्ट्रपति ट्रम्पसँगको वार्तामा किम जोङका यस्ताे एजेण्डा

 उत्तर कोरिया र अमेरिकी शीष नेताबीच हुने ऐतिहासिक वार्ताको सम्पूर्ण तयारी पूरा भएको छ। दुवै देशका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन वार्ताकालागि सिंगापुर पुगिसकेका छन्। 

निर्धारित कार्यक्रममा कुनै फेरबदल भएन भने दुवै नेताबीच मंगलबार ऐतिहासिक वार्ता हुने बीबीसीले जनाएको छ। अमेरिकाले यो वार्ता पहिला नै उत्तर कोरियाले आप्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो। तर यसको बदलमा उत्तर कोरिया के चाहन्छ भन्ने कुराको अहिलेसम्म जानकारी भएको छैन।

तर उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका एजेण्डा केही हदसम्म सार्वजनिक गरिसकेका छन्। किमले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्पसँग शान्ति स्थापना गर्ने तयारीका विषयमा छलफल हुन्छ। पूरै विश्वले यो ऐतिहासिक वार्तालाई हेरिरहेको छ।’ ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक हुने अपेक्षा गरेको बताएका छन्।
 

युग परिवर्तनको सुरुवात

उत्तर कोरियाको सरकारी समाचार पत्रमा प्रकाशित एक सम्पादकीयमा अमेरिकासँगको सम्बन्ध स्थापित गर्ने संभावनाका विषयमा चर्चा हुने संकेत गरिएको छ।

सरकारी समाचार पत्र ‘रोडोङ सिनमुन’ ले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘प्योङयाङ अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने दिशामा काम गर्छ।’
सम्पादकीयमा अगाडि लेखिएको छ, ‘कुनै देशसँग हाम्रो सम्बन्ध पहिला निकै खराब भएपनि यदि उक्त देशले हाम्रो स्वतन्त्रताको सम्मान गर्छ भने हामी उसँग वार्तामार्फत सम्बन्धलाई सामान्य बनाउने कुरामा विश्वास गर्छौं।’

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले लेखेको छ, ‘दुवै नेता कोरियाली प्रायद्वीपमा निश्चित र लामो समयसम्म स्थापित हुने शान्ति प्रक्रियामाथि छलफल गर्नेछन्। साथै कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण र अन्य साझा मुद्दामा पनि नेताहरुबीच छलफल हुन्छ।’
केसीएनएले यसलाई एक परिवर्तन हुँदै गरेको युग भनेको छ। 

बीबीसीका उत्तरी अमेरिकाका सम्पादक जन सोपेलका अनुसार आज हामी जुन वार्ताको पखाईमा छौं यो पारम्पारिक राजनीतिकको बाटोबाट कहिल्यै पनि संभव हुने थिएन। ‘हामी यहाँसम्म यसकारण पुग्यौं किनभने राष्ट्रपति ट्रम्पले पारम्परिक कुटनीतिक तरिकालाई तोडेर नयाँ बाटो अपनाए,’ उनले भने।

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण कसरी हुन्छ, त्यसकालागि कुन प्रक्रियालाई अपनाइन्छ भन्ने विषय अहिले तय भएको छैन। उता यसको बदलामा अमेरिका उत्तर कोरियामाथिको कति आर्थिक प्रतिबन्ध हटाउँछ र उसको सुरक्षाको के ग्यारेन्टी हुन्छ भन्ने विषय निकै जटिल छ। तर जे भएपनि तत्काल यो भेटवार्ता निकै सकारात्मक कदम भएकोमा भने कसैको दुईमत छैन।

आइतबार सिंगापुर पुगेपछि दुवै नेता बेग्ला बेग्लै होटलमा बसेका छन्। किम जोङ उन पाँच तारे होटल सेन्ट रेजिसमा बसेका छन् भने ट्रम्प त्यसको थोरै टाढा शंगरी ला होटलमा बसेका छन्। दुवै नेताबीचको भेटवार्ता सेनटोसा द्वीपको आलिशान कपेले होटलमा हुने तय भएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित