जर्मनीका प्रशिक्षक योचिम लोको पारिश्रमिक सबैभन्दा बढी, अरुको कति ?

एजेन्सी, २७ जेठ : विश्वकपमा खेलाडीहरु जति महत्वपूर्ण हुन्छन् त्यति नै प्रशिक्षक पनि हुन्छन् । कुन खेलाडीलाई कसरी प्रयोग गरी खेल आफ्नो पक्षमा पार्ने भन्ने योजना प्रशिक्षकको हुन्छ । त्यसैले प्रशिक्षकको पनि खेल बजारमा राम्रै चर्चा हुने गरेको छ ।

tite-joachim-sampaoli

यसैबीच सबैभन्दा बढी पारिश्रमिक लिने प्रशिक्षक जर्मनी योचिम लो हुन् । उनले वार्षिक ३८ लाख ५० हजार युरो कमाउँछन् । त्यस्तै सबैभन्दा कम पारिश्रमिक सेनेगलका प्रशिक्षक अलिउ सिसेले लिन्छन् । उनले मात्र २ लाख युरो पारिश्रमिक लिन्छन् ।

चर्चामा रहेका अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको पारिश्रमिक १८ लाख युरो छ भने ब्राजिलका टिटेको ३५ लाख युरो छ । त्यस्तै यसपटकको आयोजक राष्ट्र रसियाको प्रशिक्षक स्तानिस्लाभ चेर्चेसोभको पारिश्रमिक २६ लाख युरो छ ।

स्पेनका जुलेन लोपेटेगुईले ३० लाख युरो कमाउँदा पोर्चुगलका फर्नाण्डो सान्तोसले २२ लाख ५० युरो कमाउँछन् । उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजको वार्षिक पारिश्रमिक १७ लाख युरो रहेको छ भने इंग्ल्याण्डका प्रशिक्षक जर्ज साउथगेटको २० लाख युरो छ ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसक्याम्प्स पनि महंगा मानिन्छन् । उनको पारिश्रमिक ३५ लाख युरो छ । इरानका प्रशिक्षक कार्लोस क्वेरोजको पारश्रमिक २० लाख युरो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि