क्याम्ब्रिज एनालाइटिकाले तथ्यांक चोरी गरेर कमजोर सुरक्षा प्रणालीको विवादमा फसेको फेसबुकलाई तब ठूलो झट्का लाग्यो जब ‘न्यूयोर्क टाइम्स’ अखबारले फेसबुकले स्मार्टफोन निर्माता ६० वटा कम्पनीलाई आफ्नो तथ्यांक दिएको खुलासा गर्यो । अहिले फेसबुकले आफूले तथ्यांक उपलब्ध गराएको ६० कम्पनीमध्ये चार कम्पनी चीनको रहेको भनेर बयान दिएर अझ बढी विवादमा तान्यो आफुलाई ।
ती चार कम्पनीमध्ये चीनको दुरसञ्चार उपकरण कम्पनी ‘हुआवे’ पनि रहेको छ । हुआवेलाई यस अघि नै अमेरिकी गुप्तर निकाय सिआइएले चिनियाँ सरकारको जासूस भन्दै आफ्नो देशबाट प्रतिबन्ध लगाइसकेको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको तथ्यांक दिएको अन्य कम्पनीहरुमा लेनेभो, ओप्पो र टीसीएल रहेका छन् । फेसबुकले चीनका चार कम्पनीहरुसँग डाटा शेयरिङबारे भएको सम्झौता जारी रहने बताएको छ ।
न्यूयोर्क टाइम्स अखबारको रिपोर्ट अनुसार फेसबुकले तथ्यांक शेयर गरेका अन्य ६० कम्पनीहरुमा अमेजन, एप्पल, ब्लैकबेरी र सामसुङजस्ता कम्पनीहरु पनि रहेका छन् । फेसबुकले तथ्यांक शेयर गरेका चार चिनियाँ कम्पनीमध्ये लेनेभो कम्प्युटर निर्माता कम्पनी हो भने अन्य तीन कम्पनी स्मार्टफोन निर्माता कम्पनी हो । पछिल्लो वर्ष यी चार कम्पनीले फेसबुकलाई चीनमा फोटो शेयरिङ एप जारी गर्न पनि सहयोग दिएको थियो । फेसबुकले हुआवेको अलावा अन्य तीन कम्पनीहरुसँग चाँढै नै सम्झौता अन्त्य गर्ने बताएको छ ।
चीनका चारैवटा कम्पनीले फेसबुकसँग तथ्यांक उपलब्ध गराएको सट्टामा आफ्ना उत्पादित उपकरणहरुमा फेसबुक डाटा चलाउन सकिने बनाउने समझदारी भएको थियो । यसबाहेक सम्झौतामा ती चारैवटा कम्पनीहरुले आफ्नो लोकप्रिय फिचरमा फेसबुकको पहुँच बढाउनु थियो ।
हुआवेमाथि विवाद उत्पन्न भएको एक हप्तामै फेसबुकले हुआवेसँग सम्झौता फिर्ता लिने बताएको थियो र सफाइमा उसले आफ्नो तथ्यांक हुआवेको सर्भरमा नभएर फोनमा मात्र रहने बताएको थियो ।एजेन्सी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित