अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।
सय जना इथियोपियन शरणार्थीसहित सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो ।
डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको बताइएको छ । केहीलाई भने उद्धार गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आई.ओ.एम.) का अनुसार उक्त डुंगामा ८३ पुरुष र १७ महिला सवार थिए ।
यमन र अन्य खाडी मुलुकमा रोजगारीको खोजी गर्न आप्रवासीहरुले अवैध बाटो लिएको जनाइएको छ । ईथियोपियामा जारी हिंसाका कारण हरेक महिना कम्तिमा ७ हजार आप्रवासीहरु तस्करीको बाटो हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि