यही १२ जुनमा तय भएको डोनाल्ड ट्रम्प–किम जोन उन ऐतिहासिक बैठकमा विश्वका सबैभन्दा बहादुर सेनाका रुपमा चिनिने नेपालका गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेना तैनाथ गरिने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । गोर्खाली सेनाकै कारण सिंगापुरमा सबैभन्दा विश्वसनीय सुरक्षा व्यवस्था हुने हुनाले यसअघि अमेरिका र उत्तर कोरिया दुवैले ऐतिहासिक वार्ताका लागि यो देशको छनोट गरेका थिए ।
बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरुमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने तय भएको हो । यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ । तरपनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने बताइएको छ । सार्वजनिक स्थानमा निकै कम देखा पर्ने भए पनि गत हप्ता सांग्रिला होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको भारी उपस्थिति रहेको बताइएको थियो ।
आइआइएसएस मिलिटरी ब्यालेन्सका अनुसार सिंगापुरमा मात्र ६ ठूला कम्पनीहरुका लागि १८ सय गोर्खाली सेना खटाइएको छ । यसबाहेक उनीहरुलाई विशेष अन्तर्राष्ट्रिय समारोहका लागि मात्र सहभागी गराइने गरेको बताइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विद्यालय र मलेसियासँगको सीमा क्षेत्रमा पनि उनीहरु देखा पर्ने गरेका छन् । त्यसकारण भिआइपी अतिथिकै लागि विशेष रुपमा बोलाइने हुनाले गोर्खाली आर्मीको सुरक्षा व्यवस्था सिंगापुरले प्रदान गर्न सक्ने सबैभन्दा ठूलो उपहार भएको सैन्य विभागका विज्ञको भनाइ छ । सिंगापुरमा उनीहरु आफ्ना परिवारसँगै सहरभन्दा बाहिरको माउन्ट भर्नन क्याम्पमा बस्ने गर्छन्, जहाँ स्थानीय बासिन्दाहरुलाई प्रवेश निषेध गरिएको हुन्छ ।
विगत २०० वर्षदेखि नै सिंगापुरलगायत बेलायत, ब्रुनाइ, भारतजस्ता देशहरुले नेपालका गोर्खाली सेनालाई विशेष रुपमा भर्ती गराउने गरेका छन् । १९ औँ शताब्दीको युद्धदेखि नै गोर्खाली सेनाबाट अत्यन्तै प्रभावित हुँदा सबैभन्दा पहिले बेलायतले उनीहरुलाई सम्मानस्वरुप तैनाथ गराएको थियो । त्यसैले वर्षौँदेखि सिंगापु्रलाई सुरक्षित राख्नमा पनि गोर्खाली आर्मीको ठूलो हात रहेको सिंगापुर पुलिसको वेबसाइटले व्याख्या गरेको छ । यी सबै देशहरुमा गोर्खा आर्मीलाई परम्परागत शक्तिका रुपमा लिइने गरिएको छ ।
एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित