ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा कम्तीमा ६५ को मृत्यु

ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।

उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्।

तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी भन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रबाट उद्धार गरिएको छ।

राष्ट्रपति जिम्मी मोरालेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। 

ज्वालामुखी सम्बन्धी विज्ञहरूका अनुसार फोएगोबाट निस्केको खरानीको मुस्लो आकाशमा १० किलोमटरमाथिसम्म पुगेको थियो र त्यो अहिले रोकिएको छ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, दर्जनौँको मृत्यु

भिरालो क्षेत्रका गाउँहरूमा तातो हावा र ज्वालामुखीबाट निस्कने पदार्थहरू बगेर पुगेका थिए जसका कारण एल रोडिओ र सान मिगल लस लोटेस प्रभावित भएका थिए। 

सुरक्षित स्थानमा पुर्‍याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेको र आफूले निक्कै कष्ट भोगेर घर छाडेको बताइरहेका छन्।

एक जना उद्धारकर्ताले उक्त पहाडी क्षेत्रमा अकस्मात ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउसोको समयमा नै रातिको दश बजे जस्तो लाग्ने गरेको बताए। 

एक जना ज्वालामखुखी विज्ञ जेनिन क्रिपनर भन्छिन फोएगो एकदमै सक्रिय ज्वालामुखी हो र त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका छन्।

उनका अनुसार भिषण पानी परेको समयमा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नवशेष र चट्टान सहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै खतरनाक र घातक हुनसक्ने गरेको छ।

 (बिबिसी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित