जी सेभेन बैठकमा अमेरिकालाई व्यापार युद्धको चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने फ्रान्सले केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको थियो।

तर ट्विटरमा राष्ट्रपति ट्रम्पले आफ्नो देशलाई वर्षौँदेखि अरू देशहरूले व्यापारमा शोषण गरिरहेको उल्लेख गरेका छन्।ट्रम्पले उक्त करले अमेरिकी स्टील उत्पादकहरूको संरक्षण गर्ने उल्लेख गर्दै त्यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताए। उनले अमेरिकी फर्महरूले युरोप र अन्यत्र भोग्ने अवरोधहरूबारे पनि गुनासो गर्दै अब चलाख हुनुपर्ने समय आएको उल्लेख गरे।

तर अमेरिकी अर्थमन्त्रीले संयुक्त राज्य अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व नछाडेको भन्दै उनले अरू देशका चिन्ताहरू राष्ट्रपति ट्रम्पसमक्ष पुर्याएको बताएका छन्।बिहीवार मात्रै अमेरिकी वाणिज्यमन्त्रीले स्टीलमा २५ प्रतिशत र एलुमिनियममा १० प्रतिशत कर बढाउने निर्णय कार्यन्वयनमा आएको बताएका थिए। 

अमेरिकाका उत्पादनसम्बन्धी उद्योग निर्माण र तेल उद्योगमा तिनीहरूलाई कच्चा सामग्रीका रूपमा प्रयोग गरिन्छ। इयु क्यानडा र मेक्सिकोले अघिल्लो वर्ष झण्डै २३ अर्ब डलर मूल्य बराबरका स्टील र एलुमिनियम अमेरिकामा निर्यात गरेका थिए।

अघिल्लो वर्षको कुल ४८ अर्ब डलरको स्टील र एलुमिनियम आयातको उक्त परिमाण लगभग आधा हो। ट्रम्प प्रशासनको निर्णयको इयु, क्यानडा र मेक्सिकोले आलोचना गर्दै आफूहरूले पनि त्यसरी नै शुल्क बढाउने घोषणा गरेका छन् । कतिपय रिपब्लिकन नेताले पनि उक्त कदमको आलोचना गरेका छन्। एजेन्सि 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित