May 29, 2018

दुई पत्रकारलाई जेलबाट रिहा गर्न राष्ट्रसंघको माग

लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो ।

दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको हो भन्ने बारेमा मौखिक रुपमा बताएको भएपनि पक्राउ पुर्जी दिइएको छैन ।

बिना पक्राउ पुर्जी र कारण पत्रकारहरुलाई सरकारले नै यसरी लामो समयसम्म थुनामा राख्दा प्रेस स्वतन्त्रता तथा नागरिकको विचार तथा अभिव्यक्ति अधिकार हनन् भएको भन्दै उनीहरुको रिहाइको माग गरेको हो ।

लिबियामा शान्ति स्थापनाको कार्यमा रहेको राष्ट्रसंघीय मिसन, युएनएसएमआइएलले ती पत्रकारको रिहाइको माग गरेको समाचारमा जनाइएको छ ।

पत्रकारलाई हिंसा फैलाएको मौखिक आरोप लगाउँदै यहाँको प्रहरीले गएको अप्रिल महिनाको अन्तिम साता उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुका बारेमा सरकारले केही भनेको छैन । तर उनीहरुलाई मुद्धा हेर्ने अधिकारीकोमा समेत उपस्थित नगराइएको र पक्राउ पुर्जी पनि नदिइएको बताइएको छ ।

यहाँका पत्रकारितासम्बन्धी संघ संस्थाहरु तथा मानवअधिकारवादीहरुले पनि उनीहरुको रिहाइको माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित