उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ ।
कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बताइएको छ ।
बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ ।
हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्ये विनय सिंह नामक एक व्यक्ति प्रमुख आरोपीको रुपमा रहेको पाइएको प्रहरीको भनाइ छ ।
भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने बताएको छ ।
यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुगेका मुख्यमन्त्री दिनेश शर्माले यस अपराधीक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताएका छन् ।
यस घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी अखिलेश कुमारले बताएका छन् । रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठ रहेको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिएका छन् ।
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई