नेपालबिना राम अधुरो, धाम पनि अधुरो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिक मात्र नभएर देवनीतिका आधारमा नै स्थापित भएको बताएका छन् । 

modi_in_nepal_14_eLRFtDNTEs (1)

रंगभूमि मैदान बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाले शुक्रबार दिउँसो गरेको नागरिक अभिनन्दन लिएपछि प्रधानमन्त्री मोदीले नेपालबिना भारत अधुरो रहेको बताए । आजको राजधानीमा खबर छ ।

उनले भने, ‘नेपालबिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ । नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन् । माता सीताको कुर्सी रामको अयोध्यायले पाउने अहोभाग्यका कारण भारतले पूर्णता पाएको थियो।’ 

असल छिमेकीको संकटमा सहयोग गर्ने नै महान् छिमेकी हुने बताएका मोदीले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुःख पहाडजत्रो छ भने पनि महत्व नदिने र मित्रको सानो दुःखलाई पनि  पर्वत जत्रो मानेर सहयोग गर्ने असल मित्र हो।’ 

जानकी मन्दिरसहित जनकपुर स्तरोन्नतिका लागि एक सय करोड भारु सहयोग घोषणा गरेका मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य आफ्नो सरकारको सबका साथ, सबका विकासजस्तै रहेकाले विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय