अध्यादेश र ओली सरकारबीचको अन्तरविरोध

देउवा सरकारले ल्याएको र ओली सरकारले दोहोर्‍याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशअनुसार काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खुल्ने छैनन् ।

KP_Oli_3_KcJhP1K8BS

अध्यादेशको दफा १३ मा भनिएको छ,
‘काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको हकमा यो ऐन प्रारम्भ भएको १० वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिइने वा चिकित्सा शिक्षासम्बन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना गरिने छैन ।’

यो व्यवस्थाअनुसार काठमाडौं उपत्यकामा सञ्चालन हुने गरी सम्बन्धनको पर्खाइमा रहेका मनमोहन, काठमाडौं नेसनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने ढोका बन्द भएको छ । यो व्यवस्थाले देउवालाई उत्साही बनाए पनि ओली सहमत हुने स्थिति छैन । त्यसैले संसद्मा विधेयक ल्याउँदा यो व्यवस्थामा परिमार्जन गर्ने तयारी छ ।

‘यो त अध्यादेश मात्रै हो । सरकारले संसद्मा प्रतिस्थापन विधेयक ल्याउनुपर्छ । यो सरकारका चासो त्यही विधेयकमा समेटिन्छन् ।

कुनै विषय संसद्मा प्रस्तावका रूपमा आउलान्, कुनै विषय विधेयकमै आउँछन् । विधेयक आएपछि अध्यादेश त विस्थापित भइहाल्छ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलको यो भनाइले पनि सरकारको मनस्थिति स्पष्ट पार्छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स