यस्तो बन्दै छ लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।

lumbini-buddha-conferenve-hall-1-768x366_1JESLVQkZR

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो । ठूलो क्षमताको हल नहुँदा धेरै समस्या भएपछि लुम्बिनी विकास कोषले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको निर्माण कार्य सुरु गरेको हो ।

केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हँुदा लुम्बिनीमा पाँच हजार क्षमताको हल बनाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीको समेत सहभागिता थियो ।

३२ करोड लगानी हुने
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल निर्माणका लागि झन्डै ३२ करोड खर्च लाग्ने भएको छ । सो हल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन् ।

सभाहलको निर्माण भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रवद्र्धनमा समेत महŒवपूर्ण भूमिका हुने भनाइ छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवनको लागत ४१ करोड भए पनि टेन्डर प्रक्रियामा जाँदा ३१ करोडको हारहारीमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय