चेन्नई शीर्ष स्थानमा उक्लियो, सन्दीप सहभागी टोली दिल्लीको छैटौं हार

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नई शीर्ष स्थानमा उक्लियो, सन्दीप सहभागी टोली दिल्लीको छैटौं हार

पुनेस्थित महाराष्ट्र क्रिकेट मैदानमा चेन्नईले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । दिल्लीका ऋषाव पन्तले ७९ तथा विजय शंकरले अविजित ५४ रन जोडेपनि टोलीलाई  जित दिलाउन सकेनन् । यस्तै दिल्लीका कोलिन मुन्रोले २६ रन बनाउदा कप्तान श्रेयस एयरले १३ रन जोडेका थिए । चेन्नईका केएम आसिफ २ तथा लुंगी नेग्दी र रविन्द्र जडेजाले समान १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर २११ रन जोडेको थियो । चेन्नईको लागि शेन वाट्सनले ७८ तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अम्बाती रायडुले ४१ रन जोड्दा फाप डु प्लेसिसले ३३ रन जोडे । दिल्लीका अमित मिश्रा,विजय शंकर र ग्लेन म्याक्सवेलले समान १ – १ विकेट लिए ।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ८ खेलबाट १२ अंक जोडेको छ । जितपछि चेन्नईले प्ले अफमा पुग्ने संभवाना बलियो बनाएको छ । पराजित दिल्ली ८ खेलबाट ४ अंक जोडेर लिगको पुछारमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछाने रहेको दिल्लीलाई प्ले अफमा पुग्न अबको बाँकी सबै खेल जित्नुपर्ने दबाब भएको छ ।

आईपीएल लिगको दोस्रो स्थानमा सनराईजर्स हैदरावाद रहेको छ । हैदरावादले ८ खेलबाट १२ अंक जोडेको छ । शीर्ष स्थानको चेन्नईसँग बराबरी अंक भएपनि हैदरावाद रन रेटमा पछि परेको छ । लिगको तेस्रो स्थानमा किंग्स इलाभेन पन्जाब र चौथो स्थानमा कोलकाता नाइट राइडर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले