चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट मैदानमा चेन्नईले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । दिल्लीका ऋषाव पन्तले ७९ तथा विजय शंकरले अविजित ५४ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै दिल्लीका कोलिन मुन्रोले २६ रन बनाउदा कप्तान श्रेयस एयरले १३ रन जोडेका थिए । चेन्नईका केएम आसिफ २ तथा लुंगी नेग्दी र रविन्द्र जडेजाले समान १ – १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर २११ रन जोडेको थियो । चेन्नईको लागि शेन वाट्सनले ७८ तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अम्बाती रायडुले ४१ रन जोड्दा फाप डु प्लेसिसले ३३ रन जोडे । दिल्लीका अमित मिश्रा,विजय शंकर र ग्लेन म्याक्सवेलले समान १ – १ विकेट लिए ।
यो जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ८ खेलबाट १२ अंक जोडेको छ । जितपछि चेन्नईले प्ले अफमा पुग्ने संभवाना बलियो बनाएको छ । पराजित दिल्ली ८ खेलबाट ४ अंक जोडेर लिगको पुछारमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछाने रहेको दिल्लीलाई प्ले अफमा पुग्न अबको बाँकी सबै खेल जित्नुपर्ने दबाब भएको छ ।
आईपीएल लिगको दोस्रो स्थानमा सनराईजर्स हैदरावाद रहेको छ । हैदरावादले ८ खेलबाट १२ अंक जोडेको छ । शीर्ष स्थानको चेन्नईसँग बराबरी अंक भएपनि हैदरावाद रन रेटमा पछि परेको छ । लिगको तेस्रो स्थानमा किंग्स इलाभेन पन्जाब र चौथो स्थानमा कोलकाता नाइट राइडर्स रहेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि