३३ केजी सुन प्रकरण नयाँ मोडमा, शव लुकाउन २ करोडको बार्गेनिङ !

३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ।

88_kg_gold__3_0wWZwieLSK

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरिएको हो।

स्रोतका अनुसार केसीले सनमको शव बेपत्ता पारिदिने भन्दै २ करोडमा बार्गेनिङ गरेका थिए। अनुसन्धानका लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो। डीएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यको शव मोरङमा बरामद गरेको थियो। सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

मोरङ प्रहरीको हिरासतमा २८ जना रहेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन्। पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन्।

६ जना नै निलम्बित भइसकेका छन्। प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरेको छ। एसएसपी खत्री भने अझै फरार छन्। सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो।

एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन्। नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत उनी दुई सातादेखि कार्यालयसमेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स