रेलले स्कुल बसलाई ठक्कर दिँदा सत्र बालबालिकाको मृत्यु

भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।

रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो ।
‘आज विहान तिव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेका मध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ, अरु सात जना गम्भीर घाइते भएका छन्,’ वरिष्ठ प्रहरी अधिकृत आनन्दकुमारले सिन्हवासँग भने।

उनले थपे, ‘घाइते बालबालिकाहरुलाई तत्काल अस्पताल पु¥र्याइएको थियो, केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने संभावना रहेको छ ।’

दुर्घटनामा परेका बालबालिकाहरु अधिकांश दश वर्ष मुनिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले थावेदेखि कम्पतागञ्ज सडक खण्डमा चलेको रेलले बसलाई ठक्कर दिएको बताएका छन् । ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जादै गरेको थियो । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले घटनामा पिडित बालबालिकाहरुलाई केही राहत रकम दिने घोषणा गरेका छन् ।

अधिकारीहरुले घटनाका बारेमा छनविन गर्न संबन्धित निकायलाई निर्देशन दिइएसकेको जनाएका छन् ।
यसअघि पनि उत्तर भारतीय राज्य हिमाञ्चल प्रदेशमा २७ जना बालबालिकासहित ३० जनाको विद्यालय बस दुर्घटनामै परेर निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित