ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ

किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् । नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका पौडेल पक्राउ परेका हुन् । 

पौडेलले पर्सा मनहरीको रुदल राउतको नाममा रहेको साढे १६ कठ्ठा जग्गाको नक्कली लालपुर्जा बनाएर हाम्रो ग्रुप अफ ईन्भेष्टमेन्टमा पेस गरी ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।  हर्बो नामक नेटवर्क कम्पनीमा पौडेल अध्यक्ष रहेको हाम्रो ग्रुपले आर्थिक लगानी गरेको थियो ।

अवैध नेटवर्किङ व्यवसाय गरेको भन्दै हर्बो कम्पनीका सञ्चालकहरु पक्राउ परेका बेला पौडेललाई पनि केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा