चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ ।

सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो ।
नेकको १८०औं बैठकले नगर प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरेको देखिन्छ । त्यसपछि नेकको १८४औं बैठकले नगर प्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ । वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझ गायब भएको जमिन खोज्न सहयोग गर्नुको साटो कलेजले भोग चलन गरेको जमिन दिलाउन नगर प्रमुख आफंै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन् ।
‘हाम्रो जमिन हराएको छ । जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरहेको सुन्दा लाजमर्दो देखिएको छ,’ उपकुलपति गुरुङले भने ।
वीर अस्पताल दुवाकोटमा आउने तयारी गरेपछि विभिन्न समूहले जग्गा हड्प्न चलखेल गरिरहेको उनी बताउँछन् । भन्छन्, ‘कहिले नेकले दुःख दिन्छ । कहिले भू–माफियाहरूले ।’ १ हजार ५ सय शøयाको सुविधा सम्पन्न अस्पताल निर्माणको पूर्व सन्ध्यामा दुवाकोटको जग्गा विवाद भएमा कानुनी लडाइँ लड्ने गुरुङले बताए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय