कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे ।
मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई दाइजो र बकस बनाउँदा लज्जास्पद नतिजा आएको तर्क गरे ।
अजयकुमार चौरसियाले पनि भण्डारीकै तर्कमा आफ्ना धारणा थपे । कमला पन्तले नेतृत्वको आलोचना गरिन् । उनले राम्रालाई भन्दा हाम्रालाई छानेर मैदानमा पठाउँदा कमजोर नतिजा आएको धारणा राखिन् ।
सुजाता परियारले समानुपातिकतर्फको नतिजा पेस गर्दै पार्टी कमजोर नभएको तर्क गरिन् । यसैबीच, नेविसंघका असन्तुष्ट पक्षले अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामै धर्ना दिएका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा