अभिभावकविहिन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर)ले यस्ता बच्चाहरुको छात्रवृत्ति कोटामा चरम दुरुपयोग गरेको जनाएको छ ।
पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं। १० बाट प्रदेशसभामा निर्वाचित सांसद् पुष्कर महर्जनले आफ्नी छोरीलाई निःशुल्क पढाइरहेका छन् ।
बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत वृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी निःशुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले ०५८ जेठमा ३० वर्षका लागि वार्षिक ३० लाखमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।
संगठन र विद्यालयबीच भे सम्झौताको १२।५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसको आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । आजको कान्तिपुरमा यो खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय