एमाले-माओवादी एकतामा सहमति खोजिँदै

पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन् । 

अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

यसरी खोजिँदै छ सहमति 
केन्द्रीय कमिटी संख्या बढाउने कसरत
माओवादीका धेरै नेता स्थायी समिति र पोलिटब्युरोमै नपर्ने देखिएपछि विधानमा प्रस्तावित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बढाएर ३ सय ५० जनासम्मको बनाउने प्रयास भइरहेको छ ।

क्षेत्राधिकार र प्रधानमन्त्रीमा थप छलफल
दुवै अध्यक्षमा कार्यकारी अधिकार हुनुपर्ने प्रचण्डको प्रस्तावमा थप छलफल गर्दै आलोपालोको सहमतिअनुसार ३ वर्षपछि पार्टी र सरकारको नेतृत्व हस्तान्तरणका विषयमा भद्र सहमति हुने गरी छलफल भइरहेको स्रोतले बतायो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय