महिला पत्रकारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एक जापानी उच्च अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् ।
जापानी वित्तीय मन्त्रालयको उच्च तहका कर्मचारी रहेका जिनीचा फुकुडाले महिला पत्रकारमाथि गरेको यौनिक मनसायका टिप्पणीहरु पहिलोपटक जापानी मैगजीन सुकान सिन्चोले बाहिर ल्याएको थियो ।
साथै उक्त मैगजीनले यसै सप्ताहको सुरुवातमा फुकुडाको आवाज रहेको एउटा अडियो क्लिप पनि सार्वजनिक गरेको थियो । जसमा उनले भनेका थिए, ‘म तिमीलाई अंगाल्न सक्छु ?, म तिम्रो स्तन छुन सक्छु ?’
फुकुडाले गम्भिर अवस्थाबाट गुज्रिरहेको मन्त्रालयको कामलाई अवरोध नपुर्याउन मात्र राजीनामा दिइरहेको भन्दै उक्त आरोपविरुद्ध लडाँई गर्ने बताएका छन् ।
जापानको वित्तीय मन्त्रालयमाथि प्रधानमन्त्री सिन्जो आवेलाई नातावादको आरोपबाट बचाउनका लागि विवरणहरुलाई तोडमोड गरेको आरोप छ । जसकारण अहिले उक्त मन्त्रालय जन आक्रोश र समस्याहरुबाट गुज्रीरहेको छ ।
जापानको रुढीवादी सामाज अहिले विश्वभरी चलेको मिटु मुभमेन्टमा सरिक भएको छ । हलिउडका हस्ती हार्भे विन्सटिनको यौन काण्डबाट उत्पन्न भएर अनलाइनमार्फत चलिरहेको त्यस आन्दोलनले अहिले यौन दुर्व्यवहारविरुद्ध विश्वभरी नै वृहत प्रतिरोधको कदम चलाइरहेको छ । एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित