मनोज पुनको अपराधमा माओवादी र युवा संघको साथ

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको पाइएकाे छ।  रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल ’बलु’ हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुनलाई माओवादी र युवा संघका नेता तथा व्यवसायीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

30708890_1805940346133491_8117469781210169344_n

पुनका अपराधिक गतिविधिमा संलग्न ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो। प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह ६ का रोशन खड्का र देवदह ५ का तुलसी न्यौपानेलाई सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुले पुनलाई फोन तथा अन्य प्रविधि मार्फत जिल्लाका उद्योगी व्यवसायीका विवरण उपलब्ध गराउने, हत्याका लागि व्यक्ति तोकेर उक्साउने र आर्थिक रुपमा समेत सहयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताए। ज्ञवालीका अनुसार मनोज पुनका अपराधिक गतिविधिमा पाँचै जनाको संलग्नता शुरु देखि नै रहेको पाइएको छ। ‘उनीहरुले आफ्नै साथीभाइको हत्या गर्न विवरण उपलब्ध गराउने, त्यसबापत मोटो रकम लिने र सडकमा पीडीतको पक्ष बनेर बाटो बन्द गर्न पनि जाने गरेको पाइयो’–एसपी ज्ञवालीले भने।

मनोज पुनको समूहले २०७३ को पुसमा तत्कालीन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र २०७४ को पुसमा युवा संघका नेता तथा फर्निचर व्यवसायी वसन्त पौडेल बलुको हत्या गर्नुका साथै जिल्लाका उद्योगी व्यवसायीमाझ चन्दा आतङ्क मच्चाउनुका साथै ज्यान मार्ने धम्की दिने गरेका थिए। साथै भारतीय अपराधी विट्टु सिंहसँग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग र्पुयाएको प्रहरीको आरोप छ। ती सबै घटनामा बुधबार पक्राउ परेकाहरुको संलग्नता खुलेको छ।

रुपन्देहीका हत्या र चन्दा आतंकका घटनामा मनोज पुनको समूहलाई सघाउने अरु केही व्यक्तिहरु पनि छिटै पक्राउ पर्ने एसपी ज्ञवालीले बताए। ‘अरु केही वरिष्ठ व्यक्तिहरुले पनि मनोज पुनको अपराधलाई सघाएको पाइएको छ,’उनले भने, ‘हामीले निगरानीमा राखेका छौं, छिटै पक्राउ गरेर सार्वजनिक गर्छौं।’ कुख्यात डन मनोज पुन र सोम आले गत फागुन ९ गते प्रहरी इन्काउण्टरमा देवदहमै मारिएका थिए।

दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा संलग्न लमजुङ्गको भोर्लेटारका विवेक भनिने सुवास गुरुङ, श्याम बहादुर गोङ्बे, शालिकराम चापागाईं, पारस भट्टराई, पदम चौधरी र महेन्द्र भन्ने महिनारायण चौधरीलगायत १८ जना पक्राउ परिसकेका छन्। तीमध्ये केही सजाय भोगिरहेका छन् भने केही अनुसन्धानका क्रममा छन्। आजको नागरिक दैनिकमा खबर रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स