वैशाख ९ मा एमाले–माओवादी एकता हुनेमा आशंका

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आउँदो ९ गते पार्टी एकता हुनेमा आशंका बढेको छ। पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषयमा मोटामोटी सहमति भए पनि सांगठानिक विषयमा सहमति जुट्न नसक्दा एकताको मिति लम्बिने भएको हो।

दुवै पार्टीले औपचारिक मिति सरेको घोषणा नगरे गृहकार्य कम हुने भएकाले केही सातापछि मात्र पार्टी एकता गर्ने तयारी दुवै दलबीच शुरु भएको छ। वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना भएको अवसर पारेर दुवै दलले पार्टी एकताको घोषणा गर्ने घोषणा गरे पनि आन्तरिक तयारीको कारण पार्टी एकता घोषणा प्रक्रिया लम्बिने माओवादी केन्द्रका एक नेताले बताए। ती नेताले भने– ‘पार्टी एकता हतारोमा हुने विषय होइन, यसका लागि समय लाग्छ, पार्टी एकता गरेर पछि किचलो गर्नुभन्दा अहिले नै विवादित विषयमा सहमति जुटाएर नै एकता गर्नुपर्छ।’

पार्टी एकताका लागि पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण दुई पार्टीबीच छलफल हुन सकेको छैन। गत चैत २७ गते एकता संयोजक समितिको बैठक बस्ने पूर्वसहमति भए पनि एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीको कार्यव्यस्थताका कारण सर्दै आएको छ।

सांगठनिक र वैचारिक कार्यदलले दिएको प्रतिवेदनमाथि एकता संयोजक समितिको बैठकमा छलफल नै हुन सकेको छैन। एकताका लागि खाका तयार भए पनि माओवादी केन्द्रले ५०⁄५० को आधारमा एकता हुनुपर्ने अडान लिएको छ। तर, एमालेले भने ५०⁄५० को आधारभन्दा पनि पार्टीको हैसियतको आधारमा एकता हुनुपर्नेमा जोड दिँदै आएको छ।  आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स