सिरियामा फेरि आक्रमण गर्ने अमेरिकाकाे चेतावनी

काठमाडौं, वैशाख २ : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ ।

syriaaa

सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिंदै यसको विरोधमा सुरक्षा परिषदको आपतकालीन बैठकमा समर्थन जुटाउन रुस असफल भएको हो । सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ ।

उता, अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार गरेको जनाएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल असदलाई अब कुनै पनि हालतमा सिरियामा रसायनिक हतियार प्रयोग गर्ने अधिकार नभएको भन्दै यसमा रोक लगाइने बताइन् ।

सोही बैठकमा सिरियाली राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सले अन्तर्राष्ट्रिय मापदण्ड विपरित आफनो देशमा आक्रमण गरेको भन्दै आपत्ति जनाए । यसअघि, अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरिपरिको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।

यता, चीनले पनि हवाई आक्रमणको विरोध गर्दै सिरियाको समस्या सैन्य हस्तक्षेपबाट ननिस्कने प्रतिक्रिया दिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित