ज्ञवाली चीन भ्रमणमा जाने , दुई प्रधानमन्त्रीको भ्रमणबारे छलफल हुने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा जाने भएका छन् । । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवालीले चीनको भ्रमण गर्ने चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

 परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आफू भारत भ्रमणबाट फर्केको एक सातापछि निकट भविष्यमा हुने आफ्नो चीन भ्रमण र चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणबारे छलफलका लागि परराष्ट्रमन्त्रीलाई त्यसतर्फ पठाउन लागेका हुन् ।
 
परराष्ट्रमन्त्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै नेपाल र चीनबीच भएका दुईपक्षीय सहकार्यको ‘रिभ्यु’ गर्नेछन् । चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीनसमेत हेर्ने उत्तरपूर्वी महाशाखाका दुई अधिकारी र आफ्ना निजी सचिवसहित ६ दिने भ्रमणमा जान लागेका हुन् ।
 
उनको भ्रमणलाई ‘सदभावना’ भनिए पनि आगामी केही महिनाभित्र प्रधानमन्त्रीस्तरमा चीनतर्फ भ्रमण गराउन पहल हुने अधिकारीहरु बताउँछन् । ज्ञवालीले भ्रमणका क्रममा विगतका सम्झौता कार्यान्वयनबारे छलफल हुने बताएका छन् । अाजकाे कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय