राष्ट्रपति सिद्वारा चीनको सागरमा विशाल नौसैनिक शक्ति प्रदर्शनीको निरीक्षण

एजेन्सी, ३० चैत – चिनियाँ राष्ट्रपति सि जिङपिङ विवादस्पद दक्षिण चिनियाँ समुद्रमा आयोजना भएको पब्लिक लिबरेशन आर्मि नेभी पिएलए नेभीको वृहत नैसैनिक प्रदर्शनमा उपस्थित भएका छन् ।

china-3-768x475

दक्षिण चिनियाँ समुद्रको हालसम्मकै सबैभन्दा ठूलो उक्त नौसैनिक परेड बिहीबार बिहान आयोजना भएको नौसन्यले बताएको छ । उक्त वृहत प्रदर्शनलाई राष्ट्रपति सिले समिक्षा गरेका थिए ।

त्यस शानदार परेडमा दश हजारभन्दा धेरै नौसैनिकहरु उपस्थित थिए । पिपल्स लिवरेशन नौसैनिकको विगत धेरै वर्षदेखिको उपलब्धीलाई स्मरण गर्न र चीनलाई वर्ल्डक्लास सैन्य शक्ति भएको देशकोरुपमा चीनलाई विकास गर्ने दृढताका साथ उक्त प्रदर्शन आयोजना भएको थियो ।

केन्द्रिय सैन्य आयोगका अध्यक्ष पनि रहेका राष्ट्रपति सिले युद्धकजहाज र अनवोर्ड हवाई विमानहरुको समिक्षा गरेका थिए । उनको साथमा केन्द्रिय सैन्य आयोगका अन्य सदस्यहरु पनि उपस्थित थिए ।

१२ अप्रिलको उक्त वृहत नौसैनिक अभ्यासको समिक्षा गरेपछि त्यसबारे वक्तव्य पनि दिएका थिए ।

आफ्नो भाषणमा उनले नौसैनिकको क्षमता समय अगावै विकास गरिनुपर्ने माग गरेका थिए । साथै उनले चिनियाँ जल सैन्य क्षमतालाई वर्ल्डक्लास शक्ति बनाउन सम्पूर्ण प्रयास लगाउन बताए । उनले देशको प्रवृतिका कारण त्यस्तो कार्यमा सैन्य बल अगाडि बढ्नुपर्ने बताएका थिए ।

उनले शक्तिशाली नौसैन्य शक्ति चिनियाँ पुर्नजागरणको महत्वपूर्ण खम्बा भएको कुरालाई जोड दिएका थिए । साथै उनले कम्युनिष्ट दल र चिनियाँ जनता पिएलए नेभीप्रति गर्भ महसुस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि