आर्सनल युरोपा लिगको सेमिफाइनलमा

इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रुसको सीएकेए मस्कोसँग २ – २ गोलको बराबरी खेलेको आर्सनल समग्रमा ६ – ३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

1255451268arsnal-winner

मस्कोमा भएको खेलमा घरेलु टोलीका लागि फेडोर चालोभ र किरिल नाबबकिनले समान एक एक गोल गरे । आर्सनलको लागि ड्यानी वेलब्याक र आरोन रामसेले एक एक गोल फर्काए । दोस्रो लेग बराबरी भएपनि आर्सनललाई सेमिफाइनलमा पुग्न पहिलो लेगको जित प्रयाप्त बन्यो । पहिलो लेगमा आर्सनलले ४ – १ को जित निकालेको थियो ।

आर्सनलले सुरुवाती दुई गोलको अग्रता उल्टाएर मस्कोसँग बराबरी खेलेको थियो । खेलको ३९ औं मिनेटमा चालोभको गोलबाट मस्कोले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा नाबबकिनले गोल गर्दै मस्कोलाई २ – ० को अग्रता दिलाए । तर, खेलको ७५ औं मिनेटमा आर्सनलका वेलब्याकले गोल गर्दै खेल २ – १ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा आर्सनलका रामसेले गोल गर्दै खेल २ – २ गोलको बराबरी गर्न सफल भए ।

योसँगै आर्सनल सन् १० बर्षपछि युरोपा लिगको सेमिफाइनलमा पुग्न सफल भएको छ । आर्सनलले पछिल्लोपटक सन् २००८ – ९ को सिजन सेमिफाइनलमा स्थान बनाएको थियो । आर्सनल युरोपा लिगको सेमिफाइनलमा पुग्ने पाँचौ इंग्लिश क्लब समेत हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि