याँदिल्ली, २६ चैत : भारतको राजधानी नयाँ दिल्ली नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ
नयाँ दिल्लीको बाहिरी इलाकामा अवस्थित उत्तर प्रदेशको घाजीयावाद रेहेको पत्रकार अनुज चौथरीको घरमा नै आइतबार साँझ गोली प्रहार गरिएको छ । अनुज हिन्दी न्युज टेलिभिजन च्यानलमा कार्यरत रहेका जनाइएको छ ।
आइतबार साँझ मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अनुजको पेट र दाँहिने हातमा गोली प्रहार गरेका थिए । उनको हाल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
अनुज साहारा समय भन्ने हिन्दी टेलिभिजन न्युज च्यानलमा कार्यरत छन् । पत्रकारमाथि भएको सो आक्रमणको अनुसन्धान जारी रहेको बताइएको छ । चौथरीका श्रीमती भारतको बहुजान समाज पार्टी (बिएसपी) का स्थानीय सदस्य हुन । उनले उत्तर प्रदेशस्थित लाखाैं तल्लो जाती दलितको समर्थनमा कार्य गर्दै आएकी बताइएको छ । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित