यूट्युब मुख्यालयमा गोली चलाएर आत्महत्या

२१ चैत, काठमाडौं : अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् । गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ ।

आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेका छन्, ‘हामी एक मिटिङमा थियौं । हामीले मानिसहरु भागिरहेको देख्यौं । पहिले लाग्यो कि भूकम्प आयो होला । कोठाहरु खालि भइसकेपछि पनि हामीलाई थाहा थिएन कि के भइराखेको छ । मानिसहरु भागिरहेका थिए र मामला गम्भीर जस्तो लाग्यो ।’

उनी अघि लेख्छन्, ‘हामी एग्जिटतर्फ भाग्यौं । त्यहिबेला कसैले भन्यो यहाँ एक व्यक्ति बन्दुक लिएर घुसेको छ । मैले र्फस र सिँढीहरुमा रगतका थोपा देखें । यहाँ प्रहरी राइफल लिएर आइसकेका थिए ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि