March 23, 2018

जर्सी नम्बर एकबाट सन्दीपले आइपिएलमा खेल्ने

 

 images_cms-image-000043952

राजधानीमा हिजो भएको एक कार्यक्रममा दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुवा र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सन्दीपको जर्सी सार्वजनिक गरे। 

जर्सी सार्वजनिक गर्दै सिइओ दुवाले आफ्ना लागि यो महान क्षण भएको बताए। ‘सन्दीपले दिल्ली र नेपाललाई अझ गर्व महसुस गराउनेछन् भन्ने मेरो विश्वास छ,’ दुवाले भने।

आइपिएलमा सन्दीपले प्लेइङ इलेभेनमा मौका पाउलान् या नपाउलान् भन्ने प्रश्नमा दुवाले त्यो निर्णय प्रशिक्षक र क्याप्टेनको हातमा रहेको बताए। उनले मार्च २७ देखि आइपिएल सो क्लबको अभ्यास सुरु हुने जानकारी दिँदै अभ्यासमा सन्दीपले पर्याप्त मौका पाउने बताए। ‘यदि अभ्यासमा उनले राम्रो गरे भने लेइङ ११ मा स्थान पाउनेछन्,’ दुवाले भने।

सन्दीपले भने आफ्ना लागि प्लेइङ ११ मा मौका पाउनु नपाउनु त्यति महत्वपूर्ण नभएको बताए। ‘मेरोलागि मेरो टिमले जित्नु चाहिँ बढी महत्वपूर्ण छ,’ सन्दीपले भने।

जर्सी ग्रहण गर्दै सन्दीपले आफू सँधै एक नम्बर हुने चाहना राख्ने हुनाले जर्सी पनि एक नम्बर नै छानेको बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि