March 19, 2018

“अबको सपना विश्वकप” : कप्तान पारस

 

काठमाडौं, चैत ५ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अब नेपाली टिमले विश्वकप क्रिकेट खेल्ने सपना देखेको बताएका छन् । उनले अबको १० वर्षभित्र नेपाल टेष्ट राष्ट्र बन्न सक्नुपर्ने बताए ।

जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाल फर्केको टोललिाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत पछि कप्तान पारसले भने “अबको सपना विश्वकप हो,” खड्काले पत्रकारहरुसँग भने, “अबको १० देखि १२ वर्षभित्र टेष्ट राष्ट्र बन्न सक्नुपर्छ ।”

खेलाडीहरुको स्वागतका लागि पुगेका खेलप्रेमी तथा पत्रकारहरुसँग कप्तान खड्काले अहिले प्राप्त एकदिवसीय राष्ट्रको मान्यता पनि ठूलो उपलब्धि भन्दै धेरै वर्षदेखिको सपना पूरा भएको प्रतिक्रिया दिएका थिए ।

“हाम्रो लागि यो जित इतिहासको ठूलो उपलब्धी हो,” उनले भने, “धेरै वर्षदेखिको सपना पूरा भएको छ । अब हामीले राम्रो जग खडा गरेर नेपाली टोलीलाई अझै माथि लैजानुपर्छ । यो भन्दा ठूलो खुसीको क्षण छैन ।”

उनले अब देशलाई नै नयाँ जिम्मेवारी थपिएको उल्लेख गर्दै घरेलु क्रिकेटको संरचना र खेलाडीको हेरचाह पनि अर्को महत्वको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना