March 9, 2018

तरकारीमा विष, खसीमा संगिनी सुई, माछामा फर्मालिन

बिर्तामोड, फागुन २५ । उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिको सहकार्य तथा राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा भएको विषादि न्यूनीकरण सचेतना कार्यशालाका विज्ञ तथा सहभागी वक्ताले त्यस्तो कुरामा जोड दिएका हुन् । अहिले उपभोक्ता र उत्पादकले पनि जथाभावी विषादिको प्रयोग र उपभोग गरिरहेको भन्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युत ढकालले अब सचेत बन्नुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै ढकालले समयमै सचेतता नअपनाउने हो भने मानिसले विषादि सेवनका कारण गम्भीर रोगको शिकार भई अकाल मृत्युवरण गर्नुपर्ने बताए । प्रमुख अतिथि समेत रहेका ढकालले गमलामा रहेको विरुवामा पानी सिञ्चन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले तरकारी बारीमा कडा खाले विषादि प्रयोग, खसी र सुँगुरमा संगिनी सुइ, कुखुरामा एन्टीवायोटिक र भारतबाट आयात हुने माछामा फर्मालिङ जस्ता घातक पदार्थको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको बताए । महर्जनले मासुको तौल बढाउन संगिनी सुइको प्रयोग भएको र यसले मानिसमा बाँझोपनका साथै अन्य थुप्रै समस्या देखाउन थालेको बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ कलाकार लय संग्रौला, बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १का अध्यक्ष अग्निप्रसाद पाण्डेले विषादिमुक्त अभियान सञ्चालन र अग्र्यानिक उत्पादन तथा उपभोगमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिलला अधिकारी कृष्णचन्द्र पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सचिव गोविन्द सुवेदीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले विषादि न्यूनीकरणका लागि जनचेतना अभियानलाई गाउँ र घर–घरसम्म पु¥याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुतिपछि सहभागीहरुले विज्ञहरुलाई विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले गरेका थिए । कार्यक्रममा झापाका विभिन्न क्षेत्रका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी गरी एक सयभन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा