March 8, 2018

अाइसीसीले लगायो अफगानिस्तानका सेहजादमाथि प्रतिबन्ध, नेपाललार्इ राहत

 

 

काठमाडौं फागुन २३

 

अन्तराष्ट्रिय क्रिकेट परिषद्(अाइसीसी)ले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलार्इ विश्वकप छनोट अन्तर्गतको बाँकी दुर्इ खेलका लागि प्रतिबन्ध लगाएको छअाइसीसीको अाचारसंहिता उल्लघंन गरेको पाइएपछि उनमाथि प्रतिबन्ध लागेको हो। प्रतिबन्ध लागेपछि उनले नेपाल र हङकङसँगको खेल गुमाउने छन्। जिम्बावेविरुद्ध मंगलबार भएको रोमाञ्चक खेलमा अफगानिस्तान दुर्इ रनले पराजित भएको थियो। सो खेलका क्रममा अाइसीसीको २.१.८ धारा उल्लघंन गरिएको पाइएपछि सेहजादलार्इ प्रतिबन्ध लगाइएकाे अाइसीसीले विज्ञप्ति मार्फत जनाएको छ। 

उक्त धारामा अन्तराष्ट्रिय खेलका दाैरान क्रिकेट उपकरण, मैदान, पोशाक, तथा समानहरुकाे कसैबाट दुरुपयोग भए वा क्षति पुराए अाचारसंहिता उल्लघंन भएको ठहरिने उल्लेख छ। जिम्बावेविरुद्धको खेलका दाैरान ३० रनमा अाउट भएपछि सेहजादले ब्याट पीचमा बजार्दै अाक्राेश पोखेका थिए। उनले ब्याट पीचमा बजार्दा पीचमा क्षति पुगेको ठहर गर्दै अाइसीसीले उनलार्इ कारवाही अघि बढाएको थियो। 

उक्त घटनामा अाचारसंहिता उल्लघंन भएको पाएपछि अाइसीसीले सेहजादलार्इ १ डेमिरेट प्वाइन्ट सहित १५ प्रतिशत म्याच फिसको जरिवाना पनि तोकेको छ। अाइसीसीको नियमानुसार २४ महिनामा ४ डेमिरेट प्वाइन्ट पाएका कारण उनलार्इ दुर्इ खेलको प्रतिबन्ध लगाइएको हो। यसअघि २०१६ को डिसेम्बरमा यूएइसँग भएको टी-२० का क्रममा उनले ३ डेमिरेट प्वाइन्ट पाएका थिए। 

नेपालले अफगानिस्तानसँग फागुन २६ गते खेल्दैछ। अफगानिस्तानका मुख्य ब्याट्सम्यान तथा कप्तान अस्गर स्टानिकजाइको एपेन्डिक्सको अपरेशन गरिएका कारण विश्वकप छनोटको मुखैमा अाएर खेल्न नसक्ने भएका थिए। यता, नेपालसँगको खेलअघि अोपनर ब्याट्सम्यान तथा विकेटकिपर सेहजादलार्इ पनि प्रतिबन्ध लागेपछि अफगानिस्तानलार्इ ठूलो धक्का लागेको छ। अफगानिस्तानले सुरुवाती दुर्इ खेलमा पराजय भाेग्दै अंकतालिकामा तेस्रो स्थानमा छ। सुपरसिक्समा पुग्न उसलार्इ नेपालविरुद्धको तेस्रो खेल जित्नै पर्ने दबाब थियो।

एकमात्र खेल खेलेको नेपालले बिहीबार स्कटल्याण्डको सामना गर्दैछ। उत्कृष्ट लयमा देखिएको स्कटल्याण्डविरुद्धको नतिजा अाफ्नो पक्षमा पार्न नसकेपनि नियमित कप्तान अस्गर र अोपनर ब्याट्सम्यान सेहजादबिनाको अफगानिस्तानसँग नेपालले नतिजा अाफ्नो पक्षमा पार्न सक्छ। स्कटल्याण्डसँग पहिलो खेलमा ७ विकेटले र दोस्रो खेलमा जिम्बावेसँग २ विकेटले पराजित अफगानिस्तान प्रतियोगितामा राम्रो लयमा देखिन्न। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि