March 8, 2018

अाइसीसीले लगायो अफगानिस्तानका सेहजादमाथि प्रतिबन्ध, नेपाललार्इ राहत

 

 

काठमाडौं फागुन २३

 

अन्तराष्ट्रिय क्रिकेट परिषद्(अाइसीसी)ले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलार्इ विश्वकप छनोट अन्तर्गतको बाँकी दुर्इ खेलका लागि प्रतिबन्ध लगाएको छअाइसीसीको अाचारसंहिता उल्लघंन गरेको पाइएपछि उनमाथि प्रतिबन्ध लागेको हो। प्रतिबन्ध लागेपछि उनले नेपाल र हङकङसँगको खेल गुमाउने छन्। जिम्बावेविरुद्ध मंगलबार भएको रोमाञ्चक खेलमा अफगानिस्तान दुर्इ रनले पराजित भएको थियो। सो खेलका क्रममा अाइसीसीको २.१.८ धारा उल्लघंन गरिएको पाइएपछि सेहजादलार्इ प्रतिबन्ध लगाइएकाे अाइसीसीले विज्ञप्ति मार्फत जनाएको छ। 

उक्त धारामा अन्तराष्ट्रिय खेलका दाैरान क्रिकेट उपकरण, मैदान, पोशाक, तथा समानहरुकाे कसैबाट दुरुपयोग भए वा क्षति पुराए अाचारसंहिता उल्लघंन भएको ठहरिने उल्लेख छ। जिम्बावेविरुद्धको खेलका दाैरान ३० रनमा अाउट भएपछि सेहजादले ब्याट पीचमा बजार्दै अाक्राेश पोखेका थिए। उनले ब्याट पीचमा बजार्दा पीचमा क्षति पुगेको ठहर गर्दै अाइसीसीले उनलार्इ कारवाही अघि बढाएको थियो। 

उक्त घटनामा अाचारसंहिता उल्लघंन भएको पाएपछि अाइसीसीले सेहजादलार्इ १ डेमिरेट प्वाइन्ट सहित १५ प्रतिशत म्याच फिसको जरिवाना पनि तोकेको छ। अाइसीसीको नियमानुसार २४ महिनामा ४ डेमिरेट प्वाइन्ट पाएका कारण उनलार्इ दुर्इ खेलको प्रतिबन्ध लगाइएको हो। यसअघि २०१६ को डिसेम्बरमा यूएइसँग भएको टी-२० का क्रममा उनले ३ डेमिरेट प्वाइन्ट पाएका थिए। 

नेपालले अफगानिस्तानसँग फागुन २६ गते खेल्दैछ। अफगानिस्तानका मुख्य ब्याट्सम्यान तथा कप्तान अस्गर स्टानिकजाइको एपेन्डिक्सको अपरेशन गरिएका कारण विश्वकप छनोटको मुखैमा अाएर खेल्न नसक्ने भएका थिए। यता, नेपालसँगको खेलअघि अोपनर ब्याट्सम्यान तथा विकेटकिपर सेहजादलार्इ पनि प्रतिबन्ध लागेपछि अफगानिस्तानलार्इ ठूलो धक्का लागेको छ। अफगानिस्तानले सुरुवाती दुर्इ खेलमा पराजय भाेग्दै अंकतालिकामा तेस्रो स्थानमा छ। सुपरसिक्समा पुग्न उसलार्इ नेपालविरुद्धको तेस्रो खेल जित्नै पर्ने दबाब थियो।

एकमात्र खेल खेलेको नेपालले बिहीबार स्कटल्याण्डको सामना गर्दैछ। उत्कृष्ट लयमा देखिएको स्कटल्याण्डविरुद्धको नतिजा अाफ्नो पक्षमा पार्न नसकेपनि नियमित कप्तान अस्गर र अोपनर ब्याट्सम्यान सेहजादबिनाको अफगानिस्तानसँग नेपालले नतिजा अाफ्नो पक्षमा पार्न सक्छ। स्कटल्याण्डसँग पहिलो खेलमा ७ विकेटले र दोस्रो खेलमा जिम्बावेसँग २ विकेटले पराजित अफगानिस्तान प्रतियोगितामा राम्रो लयमा देखिन्न। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।